वीरगन्ज – पर्सा क्रिकेट संघले पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी अमित आलोकलाई स्कुल, कलेज तथा टाईलेन्ट हन्ट कार्यक्रमको लागि संयोजकमा नियुक्त गरेको छ ।
संघको भदौ २१ गतेको निर्णय अनुसार पूर्व अन्तराष्ट्रिय क्रिकेटर अमित आलोकलाई पर्साको सम्पूर्ण स्कुल, कलेज तथा टाईलेन्ट हन्ट कार्यक्रमको लागि संयोजकमा नियुक्त गरिएको संघका अध्यक्ष ई.मनिष सिंहले जनाएका छन् ।
स्कुल र कलेजबाट उदेयीमान नया खेलाडीलाई छनोट गर्न पाएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने आलोकले बताए ।