वीरगन्ज । पर्सागढी नगरपालिकाको बिभिन्न वार्डहरुमा आज नवरात्रको अवसरमा जल यात्रा तथा उदघाटन कार्यक्रम सम्पन्न भएको छ।
वार्ड नं ७ को नवरात्रि पुजाको उदघाटन जसपा युवा नेता तथा पर्सागढि नगरपालिकाको नगर प्रमुख को प्रत्यासी सुरज मान्धरले उदघाटन गरेका छन्।
पुजा पाठले हाम्रो मन लाई शान्त र सचाईको बाटो देखाउछ । पुजा पाठ कै कारण समाजमा सदभाव पनि देखन पाईन्छ पुजा पाठले हामी सबै समुदायको ब्यक्ति एक अर्कोको रिसराग पनि बिरसिन्छौ। पुजा पाठले हाम्रो संन्तानलाई पनि रितीरिवाज सिकाउँछ भने मन्तव्य प्रमुख अतिथिले ब्यक्त गरेका थिए।
उदघाटन कार्यक्रम पुर्व वडा अध्यक्ष रामजी साह तेली , वार्ड नं ४ को वडा सदस्य राजकुमार गुरुङ ,समाज सेबी लगायतका सहभागिता रहेको थियो।