पर्सा । राप्रपा पर्साको मोटरसाईकल रैली वीरगञ्जमा समपन्न भएको छ । पार्टी कार्यालय रानीघाटबाट निस्केको रैली घण्टाघर, मकालु होटल, गिता मन्दिर, मुली हुदै पावर हाउस हुदै पुनः घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो ।
पार्टीका प्रदेश कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मीको नेतृत्वमा निकालिएको पार्टी प्रवक्ता तथा जिल्ला उपाध्यक्ष मनोज कुमार मिश्रले जानकारी दिनु भयो । रैलीमा जिल्ला सचिव पन्नालाल पटेल, छठु पटेल, युवा केन्द्रिय सदस्य अनिल कुशवाहा, बिनोद पटेललगायतको सहभागीता रहेको प्रवक्ता मिश्रले जनाएका छन ।
रैलीले हिन्दु राष्ट्र कायम गर, संघियाता खारेज गर, राजा आउँ देश बचाउ जस्ता नारा लगाएको थियो ।