वीरगंज । सशस्त्र प्रहरी बल लहावरथकरी पर्साले बरामद गरेको समान चोरी भएको घटना उजागर भएको छ ।
सशस्त्र प्रहरी बल लहावरथकरीको ग्रीन सिग्नलमा भारतको भेलाही नका हुँदै धाेरेमा आइसकेको समान सशस्त्र प्रहरी बल लहावरथकरीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर कठायतको कमाण्डमा खटिएको अर्को टोलीले उक्त समान नियन्त्रमा लिएको थियो ।
जबकि नियन्त्रणमा लिनु भन्दा अगाडि २ किलोमीटरबाटोमा उनकै कमाण्डमा खटिएको प्रहरी टोलीले ल्याउन ग्रीन सिग्नल दिएको थियो । बोर्डरबाट २ किलोमीटर भित्र गाउँमा आइसकेको उक्त समान उनकै कमाण्डमा खटिएको सदा पोसाकका अर्को २ जना प्रहरीले नियन्त्रणमा लिएका थिए ।
समान ल्याउनेले मैले पैसा दिएर ल्याएको हो । तपाईं को हुनुहुन्छ ? किन समान समात्दै हुनुहुन्छ ? यो समान कहाँ लग्दै हुनुहुन्छ? भनी प्रश्न गर्दा सदा पोसाकमा रहेका ती प्रहरीले जवाब फर्काएँन । समान लिएर सिधै त्यहाँबाट हिडीदिए ।
समान लागेको घण्टौं बितिसक्दा कुन प्रहरीले लग्यो कहाँ लग्यो अतोपतो लगेन्न । पछि एकैचोटी समान भन्सार पुगिसक्दा कुरा थाह भयो कि समान सशस्त्र प्रहरी बल लहावरथकरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सामानमध्ये थोरै मात्रामा भन्सार बुझाइ बाकी समान कहाँ गएको हो भने अहिले सम्म थाह हुन सकेको छैन ।
स्रोतका अनुसार सशस्त्र प्रहरी बल लहावरथकरीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर कठायत र सशस्त्र प्रहरी बल पकहामैनपुरका असई अनिल यादवको मिलोमतोमा केही मात्रामा समान बेचिएको कुरा बाहिर आएको छ ।
यो त मात्र एउटा सामान्य घटनाको डिएसपी पेठईतो आफ्नो कार्यक्षेत्रमा दररेट तोकी नै तस्करीको लाईन खुल्ला गरेका छन् । यसको उदाहरण स्वरूप केहीदिन अगाडि उनकै कमाण्डमा खटिएको एक असईले पैसा लिँदै गरेको भिडियो नै सार्वजनिक भएको थियो ।
यतिमात्र कहाँ हुनु र उनकै संरक्षणमा रहेको कैयो मदिरा भट्टीबाट उत्पादित अवैध घरेलु मदिरा उनको ग्रीन सिग्नलामा भारत तर्फ तस्करी हुने गरेको छ। भने भारतबाट कुखुराको चल्ला , राँगा , धान , किराना सामान लगायत विभिन्न सरसामानहरु भन्सार छलि गरी भित्रिएको श्रोतको दावी छ ।
तस्करीको लाइन चलेको बेला उनलाई स्थानियले जानकारी गराउन खोज्दा उनले फोन उठाउँदैनन् बढी फोन गरेमा मोबाइल नै अफ गरिदिने गरेको कुरा स्थानियले बताएका छन् । साथै उनी आफ्नो ठूलो नेताहरुसँग चिनजान भएकोले मेरो केही नहुने भनी भन्दै आएका छन् ।