बारा । जुवा खेलेको अभियोगमा बाराबाट १३ जना पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका वडा नं १ बरियारपुरस्थित मोतीलाल प्रसाद कुशवाहाको घरमा शुक्रबार जुवा खेलिरहेको अवस्थामा १ लाख ७१ हजार २ सय ८० रुपैयाँ नगद र ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी प्रकाश सापकोटाले बताए ।
पक्राउ पर्नेमा राजेन्द्र साह कानु ,मनोज प्रसाद कुशवहा , बिनोद प्रसाद , जाकीर हुसेन ,राजु प्रसाद कुशवहा ,अच्छेलाल महतो ,कस्तुरी साह, राजकिशोर प्रसाद कुशवहा ,जितेन्द्र तिवारी , सुकदेव प्रसाद यादव ,मुस्ताक खान पैठान रहेका छन् ।
स्रोतका अनुसार मोतीलाल प्रसाद कुशवाहाले राजनीतिक दलको आडमा जुवा खेलाउदै आएका थिए । कुशवाहा गत निर्वाचनमा कांग्रेस र लोसपा गठबन्धनबाट बाराको क्षेत्र २ को क बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । थोरै मतले पराजित कुशवाहा राजनितिक दलको आडमा जुवा जस्तै अनेको गलत गतिविधि गर्दै आइरहेका थिए ।