बिरगंज, साउन ८
जिल्ला प्रशासन कार्यालय काठमाडाैंले लामो दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ ।प्रशासनले शुक्रबार सूचना निकालेर भोलिदेखि मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएकाे छ । त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायत परीक्षाहरूलाई ध्यान दिँदै लामो तथा मध्यम दूरीका सवारीसाधन चलाउने व्यवस्था मिलाइएकाे सूचनामा उल्लेख छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सवारीसाधन चलाउन दिइएकाे प्रशासनले जनाएकाे छ ।
'परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ'- सूचनामा लेखिएकाे छ ।
साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको सूचनामा उल्लेख छ । लामो दूरीमा यात्रा गर्नेलाई टिकट काउन्टरबाट अनिवार्य रुपमा टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले अनुराेध समेत गरेकाे छ ।