वीरगन्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित ब्रह्मचोकको एक होटलबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा १२ मुर्ली बस्ने ३५ वर्षिय अनिल शाह, धरानको धरान नगरपालिका वडा नम्बर १५ बस्ने ३२ वर्षिय रवि पौडेल र पर्साको पकाहामैनपुर वडा नम्बर ७ हाल पकाहामैनपुर गाउँपालिका वडा नम्बर ३ बस्ने ४० वर्षिय विजय कुमार पटेल रहेका छन् ।
ब्रह्मचोकस्थित एक होटलमा सानो हतियार बेचबिखन गर्ने उदेश्यले बसिरहेको सूचना पाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले संयुक्त रूपमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको ३ जना माथि हातहतियार सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।