वीरगंज । पर्सा प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पश्चिम नवलपरासी बन्जारिया गाउँपालिका वडा नं १ बस्ने ४० वर्षिय अनिल भर चौधरी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी इनर्वाबाट नियमित चेकिङ्गमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री तथा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ना ८ प ५८९३ नम्बरको मोटसाइकल रोकी चेकजाँच गर्दा चौधरीले पछाडि बोकेको झोलामा लुकाई छिपाई ल्याएको फेनारगन १०० एमपुल , नुर्फिन १०० एमपूल र डाईजेपाम १०० एमपुल गरी जम्मा ३०० एमपूल लागू औषध फेला परेको प्रहरीले जनाएको छ । उक्त लागूऔषध तथा मोटरसाइकल बरामद गरी निज चौधरीलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धि कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।