वीरगंज । बहुदरमाइ नगरपालिकामा दिगो विकासको लक्ष्य ४ गुणस्तरीय शिक्षाको कार्यावन्यन अवस्था बिषय छलफल कार्यक्रम समपन्न भएको छ।

एनसिइ नेपाल जिल्ला समन्वय समिति पर्साकाे आयोजना तथा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा,बहुदरमाइनगरपालिका कार्यालय पर्सा र एसओडिसिसिको सहकार्यमा उक्त कार्यक्रम सामाजिक संस्था जिल्ला समन्वय समितिको सभा हलमा अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा समपन्न भएको हो। छलफल कार्यक्रममा बहुदरमाइ नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका वडा अध्यक्ष वडा सदस्य र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।

छलफल कार्यक्रममा सहभागीहरुलाइ सामाजिक संस्थाका सल्लाहकार बृजकिशोर पटेलले प्रशिक्षण दिनु भएको थियो । छलफल कार्यक्रममा बहुदरमाइनगरपालिकाका निमित्त प्रशासकीय अधिकृत बिदुर उप्रेती सामाजिक संस्था जिल्ला समन्वय समिति एवम् एनसिइ नेपालका सचिव रामप्रवेश साह,एनसिइ नेपालका सदस्य दुर्लाचन प्रसाद साह लगायतको उपस्थित रहेको थियो ।