रक्सौल। शहरको मुख्य पथस्थित पंकज वाटिका परिसरमा लायन्स क्लब अफ रक्सौलद्वारा ७९औं स्वतन्त्रता दिवस उत्साह, हर्षोल्लास र देशभक्तिपूर्ण वातावरणमा भव्यरूपमा मनाइयो।
कार्यक्रमको सुरुमा क्लबका अध्यक्ष तथा मिडिया प्रभारी बिमल कुमार सर्राफले ध्वजारोहण गरी राष्ट्रिय ध्वजलाई सलामी अर्पण गरे। त्यसपछि राष्ट्रिय गान गाइयो र स्वतन्त्रता संग्रामका अमर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। उपस्थितहरूलाई मिष्ठान वितरण गरिएको थियो र एक–अर्कालाई स्वतन्त्रता दिवसको शुभकामना दिइयो।
अध्यक्ष सर्राफले भने, “लायन्स क्लबले राष्ट्रिय पर्वहरू केवल धुमधामका साथ मात्र मनाउँदैन, यसले समाजमा देशको एकता, अखण्डता, सार्वभौमिकता र सामाजिक सद्भावना सुदृढ गर्ने सन्देश पनि दिन्छ। प्रत्येक हातमा तिरंगा फहरिरहोस् र देशप्रेमको भावना सबैको रगतमा दौडिरहोस्, यही हाम्रो कामना हो।”
यस अवसरमा प्रदेशसभा सदस्य कुमार प्रमोद सिन्हा, जन सुराज नेतृ पूर्णिमा भारती, इञ्जिनियर जितेन्द्र कुशवाहा, गुड्डु सिंह, राजकिशोर राय, च्याम्बर्स अध्यक्ष राकेश कुशवाहा, मनीष दुबे, वडा सदस्य सोनु गुप्ता, आशुतोष तिवारी, मृत्युन्जय सिंह, राजकुमार अग्रवाल, बण्टी केडियालगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति थियो।