पर्सा । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं संघीय सांसद माननीय रमेश रिजालले सोमबार वीरगञ्ज–२५ श्रीसिया स्थित मानवसेवा आश्रम वीरगञ्जको अवलोकन भ्रमण गर्दै बिहानको भोजन सेवा सप्रेम योगदान गर्नुभएको छ।
भ्रमणका क्रममा सांसद रिजालले आश्रममा रहन आएका असहाय एवं विपन्न नागरिकको सेवा कार्यप्रति प्रसंसा गर्दै आगामी दिनमा आफूबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
आजको कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेन्द्र गुप्ता, आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा, JCI वीरगञ्जका अध्यक्ष सरोज चौरसिया लगायतको उपस्थिति रहेको थियो।
यसअघि मन्त्री रहेको बेला पनि सांसद रिजालले विभिन्न सहयोगी दाताको समन्वयमा आश्रमलाई एउटा पिकअप गाडी उपलब्ध गराएको स्मरणीय योगदान रहेको छ।