मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालज्यूको प्रमुख आतिथ्यमा "मधेश प्रदेश युवा नीति तर्जुमा परामर्श कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ। जनकपुरधाममा आयोजित यो कार्यक्रमले युवाहरूसँगको सल्लाह र परामर्शमार्फत प्रदेशको युवा नीति निर्माणमा उनीहरूको महत्वपूर्ण योगदान सुनिश्चित गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रमोद जयसवालज्यूले युवाहरूलाई प्रोत्साहित गर्दै भने, "हाम्रो प्रदेशका युवाहरूको सशक्तिकरण र उनीहरूको उज्जवल भविष्य सुनिश्चित गर्न सरकार प्रतिवद्ध छ। यस कार्यक्रममार्फत युवाहरूको विचार र सुझावहरू समावेश गर्दै, हामी एक समावेशी र सबल युवा नीति निर्माण गर्नेछौं।"
मन्त्री जयसवालले "युवा नीति तयार गर्दा हामीलाई युवाहरूको वास्तविक आवश्यकता र चासो बुझ्न आवश्यक छ। यस प्रकारका परामर्श कार्यक्रमले हाम्रो नीतिलाई अझ प्रभावकारी र युवामुखी बनाउने छ।"
कार्यक्रममा युवासंस्थाका प्रतिनिधिहरू, स्थानीय प्रमुखहरू र विभिन्न समाजसेवीहरूको उपस्थितिमा छलफल र विचारविमर्श गरिएको थियो। कार्यक्रममा युवाहरूले आफ्नो दृषटिकोन, चुनौतीहरू र भविष्यका आवश्यकताहरू प्रस्तुत गरेका थिए।
यस अवसरमा, स्थानीय समुदायका सबै क्षेत्रका युवाहरूको सक्रिय सहभागिता देख्न सकिन्छ, जसले युवा नीति निर्माणमा उनीहरूको आवाजलाई महत्त्व दिने सरकारको दृष्टिकोणलाई सुदृढ गरेको छ।