पर्सा । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता महासंघकी उपाध्यक्ष निलिमा पौडेलले गर्नु भएको थियो।
कार्यक्रममा महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, कोषाध्यक्ष सन्जिव मिश्र, सदस्यहरू रितेश झा, राहुल गुप्ता लगायत अन्य संगठनका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा तीजको सांस्कृतिक महत्व, महिला सशक्तिकरण र पत्रकारिता क्षेत्रका महिलाहरूको योगदानबारे चर्चा गरिएको थियो। साथै, तीज पर्वको अवसरमा विविध सांस्कृतिक प्रस्तुति र आपसी शुभकामना आदान–प्रदान पनि गरिएको थियो।
नेपाल पत्रकार महासंघ पर्साले महिला पत्रकारहरूलाई एकआपसमा जोड्ने र सांस्कृतिक चाडपर्वको माध्यमबाट सहकार्यको भावना बलियो बनाउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ।