पर्सा । वीरगन्ज कपडा बैंकले ७ औ स्थापना दिवसको अवसरमा शनिबार साझ दिप प्रज्जवलन गरेको छ । वीरगन्ज कपडा बैंकको कार्यालय वीरगन्ज -८ मा स्थित बैंकको कार्यालय स्थापना गरेको ६ ठो वर्ष पूरा गरि ७ औ वर्षमा प्रवेश गरेको अवसरमा दिप प्रज्जवलन गरि बधाई शुभकामना साटासाट गरेको हो ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता एवं बैंकका वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नलाल गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा समाजसेवी डा. शिव कुमार ,बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझी,सदस्य निला कुमारी राम,सन्जय मण्डल,पत्रकारहरु निरन्जन मिश्र,विशाल ठाकुर ,धनिलाल प्रसाद,दिलिप चौरसिया लगायतको सहभागिता रहेको सचिव कन्हैया पटेलले बताउनु भयो ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता गुप्ताले "तपाई संग धेरै छ भने हामिलाइ दिनुस र तपाई लाई जरुरी छ ,कमि छ भने हामी संग निशुल्क लियेर जानुस "को मुलमन्त्रलाइ आत्मसात गरि बैंकले कार्यालय स्थापना गरि बिगत ६ वर्ष देखि निरन्तर अविचलित रुपमा दिन दुखी असहायको नया, पुरानो कपडाको माध्यमले र आगलागी,बाढी जस्तो आपत बिपत परेको खण्डमा लत्ताकपडा को साथै सक्दो खाद्यान्न एवं नगद सहयोग गर्दै आएको सर्वबिदितै रहेको बताउदै हामी सबैले आआफ्नो ठाउबाट दिन दुखी असहायको सक्दो सेवा सहयोग गर्नु पर्नेमा जोड दिदै यो नै मानवको सर्बोत्तम धर्म हो भन्दै सम्पूर्णलाइ मानवता बलियो बनाउन आग्रह गर्दै आफू संग धेरै रहेको दाताहरु, शुभेच्छुकहरु प्रती आभार ब्यक्त गर्दै सम्पुर्णलाइ बधाई शुभकामना दिएका थिए ।
सो अवसरमा समाजसेवी डा. शिव कुमारले हामी सबैको साझा प्रयासले नै दिनदुखी असहायको समुचित सेवा सहयोग हुने भएकोले दिन दुखी असहाय बिपन्नको बैंकले गरेको सेवा सहयोगको खुलेर प्रसंशा गर्दै बैंकको सुकार्यमा सबैले साथ दिनुपर्नेमा जोड दिदै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा अध्यक्ष सिंहले दिन दुखी असहायको सेवा सहयोगमा वीरगन्ज कपडा बैंकको अभियानमा नया पुराना कपडा र आर्थिक रुपले हातेमालो गरि मानवता बलियो बनाउने सम्पुर्ण मानवताप्रेमी सहयोगी , दाता, शुभेच्छुक, सल्लाहकार ,पदाधिकारी सदस्यजन लाइ हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि साथ सहयोग जारी राखेर जति सक्दो दिन दुखी असहायको सेवा सहयोग गर्न आग्रह गरेका थिए ।
सो अवसरमा सचिव पटेल र सदस्य रामले बैंक स्थापनाको सुरुवातको समयलाइ सम्झिदै वीरगन्ज कपडा बैंकको सुअभियानमा साथ सहयोग गर्ने सम्पुर्णलाई हार्दिक आभार ब्यक्त गरेका थिए ।