काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हिजो (सोमबार) सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन् । गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार भएको छ ।
कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड अर्थात् उत्तीर्ण भएका छन् । भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थीहरू ‘नन ग्रेडिङ’ मा परेका छन् ।
सार्वजनिक नतिजाअनुसार २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ विद्यार्थी रहेका छन् ।
यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२, २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
त्यस्तै, २ देखि २.४ जीपीए ल्याउने ५ हजार १९०, १ देखि २ जीपीए ल्याउने विद्यार्थी रहेको परीक्षा बोर्डले जनाएको छ ।
त्यसैगरी, प्रदेशगत रूपमा कोशीमा ५० हजार ८९० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै, मधेशमा ४४ हजार ५९२ जना, बागमतीमा ७७ हजार ११३ जना, गण्डकीमा २६ हजार ५५० जना, लुम्बिनीमा ४४ हजार २५६जना, कर्णालीमा १९ हजार ०९५ जना र सुदूरपश्चिममा २१ हजार ६६४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।