वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताले आज पर्साको बहुदरमाई नगरपालिकाका विभिन्न वडाहरुमा बिजयी जुलुुस तथा मतदातासंग भेटघाट गरेका छन् । प्रतिनिधि सभा सदस्य गुप्ता विभिन्न वडाहरुमा घुम्दै मतदातासंग आर्शिवाद समेत लिएका हुन् । सो क्रममा नेता गुप्तालाई स्थानीयहरु फुलको माला , अबीर , खाँदा लगाई स्वागत गरेका थिए । उनले मतदालाई भेट्दै आफुले चुनावमा वाचा गरेका हरेक कुरा पुरा गरेर देखाउने प्रतिद्धता व्यक्त समेत गरेका थिए । नेता गुप्ताको जीतसंगै यस क्षेत्रका जनताहरु पनि निकै खुसी भएका छन् । उनीहरुले अब आफ्नो क्षेत्रमा बिकास निर्माणका कामहरु हुनेमा आफुहरु विश्वस्त रहेको बताएका थिए । बिजय जुलुसको क्रममा मधेश प्रदेश सदस्य शिव पटेल, बहुदरमाई गाउँपालिका उपमेयर शुष्मा कुशवाहा , नेता सुनिल कुशवाहा , प्रमोद कुशवाहा , पुरन कुर्मी लगायत कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।