विरगञ्ज । पर्साको पटेर्वासुगौली गाँउपालिकाले पालिकाले सामुदायिक विद्यालयमा निजी स्रोतबाट कार्यकर्त २ दर्जनभन्दा बढी शिक्षकहरुलाई हटाएको छ ।
गाउँपालिकामा सञ्चालित ३ माध्यमिक र २१ आधारभूत गरि कूल २४ वटा विद्यालयमा निजी स्रोतबाट भुक्तानी हुनेगरी कार्यरत रहेका २ दर्जनभन्दा बढी शिक्षकहरुलाई हटाइएको हो ।
गत मंसिर २३ गते बसेको गाँउ कार्यपालिकाको बैठकले निजी श्रोतमा कार्यरत सबै २९ जना शिक्षक शिक्षिकाहरुलाई आगामी पुष १ गतेदेखि हटाउने निर्णय गरेको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले गत सोमबार सार्वजनिक गरेको सूचनामा गाँउ कार्यपालिकाको बैठकले गाँउपालिकाबाट प्रदान गर्दै आएको विद्यालय सञ्चालन अनुदान (निजी श्रोत अनुदान) आगामी पुष १ गतेबाट रोक्का गर्ने निर्णय भएको उल्लेख छ । गाँउपालिकाले विद्यालय नपुग शिक्षकको व्यवस्थापन गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको जारी सूचनामा उल्लेख छ ।
गाँउपालिका अध्यक्ष दिनेश चौधरीले यसअघिका जनप्रतिनिधी र कर्मचारीले विधालयहरुमा आवश्यक प्रकृया नै पुरा नगरि हचुवाका भरमा निजी श्रोतमा शिक्षकहरु नियूक्त गरेकाले उनिहरुलाई हटाउने निर्णय गरिएको बताए ।
चौधरीले भने, ‘निजी श्रोतमा नियूक्त गरिएका शिक्षकहरु कसैको पनि शिक्षण अनुमति पत्र (लाइसेन्स ) नै छैन, लेखा परिक्षणमा अडिटरले मान्दै । नियूक्त यसरी उनिहरुको तलब सुविधा मात्रै वर्षेनी ५० लाख भन्दा बढि रकम खर्च भएको देखिन्छ ।
छानबिनका क्रममा निजी श्रोतमा नियूक्त शिक्षकहरुलाई नियूक्ति गर्दा बखत पालिका र विद्यालयले कुनै पनि कागजात नै नमागेको, विधी र प्रकृया मिचेर हचुवाका भरमा नियुक्त गरेको पाइएकाले पुष १ गतेदेखि ती सबै शिक्षकहरुलाई हटाउने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए ।