

रामजी यादव
पर्सा । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र जनकपुरधाम धनुषाको आयोजनामा स्थानीय तहको बित्तिय सुशासन जोखिम मुल्यांकन सम्बन्धी अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम जिल्ला समन्वय समितीको सभाकक्षमा आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिती पर्साका उप(सभापति पुरन पटेलको सभापतित्वमा भएको कार्यक्रममा पर्साको चौद्ध पालिकाका मेयर, उपमेयर,अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतहरुलाई सो संस्थाका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र जनकपुर धनुषा द्वारा आयोजित ३दिने कार्यक्रमको आज पहिलो दिन सम्पन्न भएको हो।पहिलो दिन भएको कार्यक्रममा पर्साको चौद्ध पालिकाका मेयर(उपमेयर,अध्यक्ष (उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो भन्ने भोली कार्यक्रममा पालिकाका योजनाअधिकृत,आई।टी।अधिकृत,एफ।आर।ए।सम्पर्क ब्यक्ती र आर्थिक प्रशासन प्रमुखहरुको सहभागिता रहने आयोजकले जनाएको छ सो कार्यक्रममा सखुवा प्रसौनी गाउँ पालिकाका अध्यक्ष यसवंत यादवले प्रत्येक पालिकाहरुमा भएको स्थानीय सरकारमा बिकासको अनुभुती भएको संधिय सरकारबाट नै हो। संधिय सरकारले प्रत्येक पालिकामा करोडौको बजेट तथा बिभिन्न योजनाहरु पठाइरहेको छ। यो सबै संधिय सरकारले गर्दा नै भएको कुरामा प्रष्ट पार्नु भयो । जिल्ला समन्वय समितीका उपाध्यक्ष पुरन पटेलले पर्सा जिल्लाको प्रत्येक पालिकामा धेरै बजेट र योजनाहरु छुटयाए पनि तर त्याहाका मेयर र अध्यक्षहरु बिकासको काममा ब्यस्त नभई आफ्नो काममा बढी बयस्त देखिनु धेरै दुर्भाग्यको कुरा भएको प्रकाश पार्नु भयो सो कार्यक्रममा पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संन्देश यादव , जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय प्राण मेहता,बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह,सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह,बहुदरमाई नगरपालिकाका निमित प्रशासकीय प्रमुख बिदुर उप्रेती लगायतको उपस्थिति रहेको थियो ।