वीरगञ्ज, २१ फागुन : ई– रिक्साको रुट र भाडा दर सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिकाको कार्यालयमा भएको छलफलमा महानगरपालिका अन्तर्गत रहेको यातायात तथा सवारी व्यवस्थापन कार्यबिधि २०७६ कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो । गठित कार्यदलका संयोजक महानगरपालिकाका पूर्वाधार बिकास समितिका अरबिन्द कुमार गुप्ताको संयोजकत्वमा पदाधिकारीहरुको उपस्थितिमा बैठक बसि ई–रिक्साको बाटो ईजाजत (रुट) र भाडा दर कायम गर्ने निर्णय गरिएको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जका सवारी शाखाका अधिकृत अजय लाल कर्णले महानगर भित्र चल्ने ईरिक्साको भाडादर सर्वसहमतीबाट निर्णय गरेको र भोली देखि ई–रिक्साका रुट र भाडादर सबैले देख्ने गरि राखिने समेत सहमति भएको हो । आज बसेको बैठकले १० वटा स्थान जाने र आउने रुट कायम गरेको छ भने रुट अनुसारको बोर्ड र भाडादर समेत सर्वसाधारणले देख्ने गरि राखिने निर्णय गरिएको हो ।