बाराको परवानिपुर गाउँपालिका वडा न ५ बहुअरी मा नेपाली काङ्ग्रेस का युवा नेता सुबोध पटेल को आयोजना तथा दृस्टि आँखा अस्पताल को सहयोग मा नि:शूल्क आँखा शिबिर सम्पन्न भएको छ ।
निशुल्क आँखा शिबिर मा ६० जना महिला सहित २६५ जनाले आँखा परिक्षण गराएको थियो । सो परिक्षण मा फेला परेका केहि मोतियाबिन्दका बिरामी लाई बहुअरी का युवा द्वारा नि:शुल्क अपरेसन गरिने छ।
पटक पटक स्थानीय को आग्रह मा नि:शुल्क आँखा शिबिर संचालन गरिएको र अगामि दिनमा पनि स्थानीय को समस्या लाई मध्य नजर गर्दै अर्को शिबिर संचालन गरिने युवा नेता सुबोध पटेल ले जानकारी गराउनु भयो ।
शिबिर मा युवा नेता मनोज पटेल ,सुनिल पटेल , श्याम राम,सुरेन्द्र पटेल,सुदामा पटेल,सन्तु साह,प्रमोद यादव लगायत का नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।