बिरगंज । नेपाल भोजपुरी समाजले वीरगञ्जको बाईट पब्लिक स्कुलमा भोजपुरी कला संकृतिको बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्र.अ अनिता गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा कक्षा २ देखि ८ सम्मका बिध्यार्थीहरुको सहभागीता रहेको थियो ।

समाजका अध्यक्ष ठकुरीले भोजपुरी कला, साहित्य तथा गित संगीतबाट सहभागीहरुलाई मनोरञ्ज गराएका थिए । कार्यक्रममा बिध्यालयका संयोजक दिपेश गुप्ता, शिक्षक सागर पटेल, अखिल पटेल, चन्दा खातुन, रंजित पटेल, अंकिता चौधरी र संजय रामको पनि सहभागीता रहेको थियो ।