बिरगंज । नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरपालिका समिती पर्साले "अधिकार र कर्तव्यको लागि शिक्षक एकता" नाराका साथ बिहिबार आयोजना गरेको दोस्रो पालिका अधिवेशनले नया कार्यसमितीको चयन र शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथी वीरगन्ज महानगरका उपमेयर ईम्तियाज आलमले समुदघाटन गरेका हुन ।
  
सो अवसरमा प्रमुख अतिथी रहनु भएका वीरगन्ज का उप प्रमुख आलमले अहिले को अवस्थामा शिक्षकहरु माथी विभिन्न क्षेत्र बाट विभिन्न बहाना खोजेर प्रहार भैरहेको दुख्द स्तिथी रहेको छ। तपाईहरुको अधिकार माथी को यो प्रहार कदापी म सहन सक्दिन यसको लागी जे गर्नु पर्छ म गर्न तयार छु म तपाईं हरु को साथमा छु । तपाईं हरु को किनै समस्या छ भने मलाई अफिस मा वा मेरो घरमा पनि आउन सक्नु हुनेछ । तपाईहरुनिर्धक्क भएर राम्रो संग पठन पाठन गराउनुस कोइ संग पनि न डराउनुस म तपाईं को साथ मा सदैव छु र रहनेछु प्रतिबद्धता प्रकट गर्दै नव गठित पदाधिकारी सदस्यहरु लाई सफल कार्यकाल को शुभकामना समेत दिनु भयो। 
 नेपाल शिक्षक महासंघका पर्सा जिल्ला अध्यक्ष बिशिस्ट अतिथी तिर्थराज यादवले तपाईंहरु नियमित पठन पाठन र आफ्नो कर्तव्य निर्वाह गर्नुस कुनै कसैको आदेशको आधारमा गरिने सरुवा मन्जुर छैन ,अपारदर्शी मिलान को कडा प्रतिबाद गर्न हामी तयार छौ भन्दै कार्यकाल को शुभकामन समेत दिनु भएको सो कार्यक्रम को अध्यक्षता लालबाबु प्रसाद यादवले गर्नु भएको थियो भने विशिष्ट अतिथीहरु प्रदिप कुमार जैसवाल,शिवनाथ प्रसाद थार,सम्भु प्रसाद सोनार,रमेश प्रसाद चौधरी,हासिम अंसारी लागायत को शिक्षक शिक्षिकाहरु को उपस्तिथि रहेको थियो। 
नेपाल शिक्षक महासंघ वीरगन्ज महानगर समितिमा प्रदिप कुमार जैसवालको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भएको छ। सहअध्यक्षमा लालबाबु प्रसाद ,उपाध्यक्षमा सहाबुदिन अहमद ,सचीव सुमन प्रसाद सोनार ,सह सचिव महिलामा सरस्वती गौतम ,सह सचीव पुरुषमा बिजय कुमार यादव ,महिला सदस्यमा पुर्णिामा साह,शान्ति श्रेष्ठ त्यसै गरि सदस्यहरु मा ऋबुन्जय मिश्र बाबुनन्द पटेल,भुषन चौबे,नेजामुलहक अंसारी,शिवनाथ थार,अवध प्रसाद साह,भरत सहनी,जिउत राम र बिनोद प्रसाद चौहान रहेका छन। सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिएका छन ।