वीरगन्ज ३ कार्तिक : बाराको निजगढमा महिला हिंसा तथा जेष्ठ नागरिक अपमान न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । निजगढ नगरपालिका कार्यालयको आयोजनामा संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरधाम र ईलाका प्रहरी कार्यालय निजगढको सहयोगमा गोष्ठि सम्पन्न भएको हो । निजगढ नगरपालिकाको सभाहलमा जुम एप्समार्फत आयोजित गोष्ठिमा स्थानीय तहका जनप्रतिनिधि र महिलाको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिका साथै अगुवा महिला नेतृहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिलाई संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरधामका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किशोर कुमार दाहालले सहभागिलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल, एसएसपी दाहालको विशेष आतिथ्यता रहेको थियो भने सञ्चालन कार्यपालिका सदस्य सरिता राई र स्वागत जगतकुमारी अधिकारीले गरेकी थिईन् । कार्यक्रममा निजगढ नगरपालिकाकोतर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किशोर कुमार दाहाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।