वीरगंज,कार्तिक ११
सत्तारुढ नेकपाले दसैंका अवसरमा आयोजना गर्दै आएको ’शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ स्थगित गरेको छ ।कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेको र सरकारले भीडभाड नगर्न भनेर गरेको आग्रहअनुसार चियापान कार्यक्रम स्थगित गरिएको नेकपाले जनाएको छ ।नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले मंगलबार एक विज्ञप्ति जारी गर्दै शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चाडपर्वका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसअघि नै स्थगित गरिसकेको छ ।