पर्सा । छिपहरमाई गाँउपालिकामा नेपाली कांग्रेसका पालिका सचिव रुपेश उपाध्याय नेकपा एमालेमा प्रवेश गरेका छन । नेपाली कांग्रेसको जिम्मेवार पद छाडेर एमालेको नीति, विचार र विकासप्रेमी अवधारणाप्रति प्रतिबद्धता जनाउँदै उहाँ पार्टी प्रवेश गर्नुभएको हो।
उहाँलाई नेकपा एमालेका पर्सा जिल्ला उपाध्यक्ष तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले खादा तथा माला लगाएर न्यानो स्वागत गर्दै पार्टीमा प्रवेश गराउनुभयो।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष मनोज गुप्ताले रुपेश उपाध्यायजस्ता गतिशील र सशक्त युवा नेताको आगमनले छिपहरमाईमा एमालेको सङ्गठन थप सुदृढ र प्रभावकारी हुने बताउनुभयो। उपाध्यायको राजनीतिक अनुभव र जनप्रियताले स्थानीय तहको विकास तथा जनताको सेवामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
नवप्रवेशी नेता रुपेश उपाध्यायलाई नेकपा एमाले परिवार छिपहरमाईको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।