प्रेमचन्द्र झा
बारा । राष्ट्रिय मातृभूमि पार्टी नेपालका महासचिव गाेविन्द गिरीले आमा जस्तै देशलाई माया गर्ने पाट्रीको नेपालमा खांचाे रहेको कुरा औल्याएका छन ।
राष्ट्रिय मातृभूमि पार्टी नेपाल बारा द्वारा गढिमाई नगरपालिका वडा नम्बर एक गायत्री चाैक स्थित पाट्री प्रवेस तथा वडा समिति गठन गर्न आयोजित सभालाई सम्बोधन गर्दै महासचिव गिरीले देशलाई माया गर्ने ईमान्दार नैतिकवान नेता र पाट्रीको नेपालमा खांचाे रहेको बताए।
देशलाई विकसित समृद वनाउने भिजन कुनै पनि पुराना पार्टीसंग नरहेको दाबी गर्दै आफुहरुलाई जनताले माैका दिए देशलाई परिवर्न तर्फ लैजाने महासचिव गिरीले दाबी गरेका छन । पुराना पार्टी र रिटायर नेताका कारण देश दिनप्रतिदिन पछि पर्दै गएका कारणले परिवर्तनका लागि पनि नया शक्तिको हातमा देश जानू पर्ने उनले बताए ।
राष्ट्रिय मातृभूमि पार्टी नेपाल गढिमाइ नगरपालिका वडा नम्वर एकका अध्यक्ष मुना कुमार लहेराकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय काेषाध्यक्ष केशव राज भट्टाराई ,समाजसेवी सुरेन्द्र ढकाल,राैतहट जिल्ला अध्यक्ष रन्जित पटेल सहितले बाेलेका थिए।