वीरगंज । जनता समाजबादी पार्टी नेपाल केन्द्रीय समितिले आयोजना गरेको सधीयता सुशासन समृद्धि र समाजबाद अभिमुखिकरण कार्यक्रम अध्यक्ष उपेन्द्र यादवले जसरी २००७ सालको राणा शासन र २०४६ सालको ज्ञानेन्द्र शाहको तानाशाही पुर्वप्रधान मन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्न खोजेको आरोप लगाए । उनलेे भने संधीय लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्न र उपलब्धिलाई रक्षा गर्ने जिम्मेवारी रहेको बताए । देवानन्द झाँले राजा महेन्द्र शाहीलाई मधेसीको मुद्दा सुमपेका थिए ठीक त्यसरी अहिले आएर महन्त ठाकुरले मधेस र मधेसीको मुद्दालाई पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको अध्यक्ष यादवले बताएका छन् ।संधीयतालाई समाप्त पार्न खोजेको तर सर्वोच्च अदालतले संसाद पुर्न स्थापना गरेर लोकतन्त्र बचेको सो अभिमुखिकरण कार्यक्रममा अध्यक्ष यादवले बताएका हुन।प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गर्ढीको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो । कार्यक्रममा वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव ,रेणु यादव ,रामसाहयक यादव ,गोबिन्द चौधरी प्रदिप यादव लगायतले आ,आफ्नो धारण राख्नु भएको थियो । अभिमुखिकरण कार्यक्रममा बारा,पर्सा,मकवानपुर रौतहट लगायत ५ जिल्लाका नेतातथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला अध्यक्ष रामनरेश यादवले गर्नु भएको थियो ।


