

विरगंज । नेकपा एमाले प्रदेश २ को प्रदेश कमिटीको बैठक आज वीरगंजको कुुमु प्यालेस होटलमा सम्पन्न भएको छ । प्रदेश २ का अध्यक्ष एवं पुर्वमन्त्री ज्वाला साहको अध्यक्षता सम्पन्न बैठकमा प्रमुख अतिथी एवं प्रदेश २ का ईन्र्चाज रघुविर महासेठ, स्थायि कमिटी सदस्य सत्यनारायण मण्डल, सह ईन्र्चाज सुमन प्याकुल लगायतकाले धारणा राख्नुभएको थियो । वक्ताहरुले माधव नेपालले कम्युनिष्ट आन्दोलन संग अन्याय गरेको आरोप लगाएको थिए । देशी बिदेशी शक्तिको षड्यन्त्रका कारण एमाले बिभाजन भएको आरोप समेत लगाएका थिए । बैठकले प्रदेश २ को ८ वटै जिल्लामा संगठन सुदृढिकरण, संगठन बिस्तार तथा सदस्यता नविकरणमा बिशेष जोड दिने निर्णय गरेको अध्यक्ष ज्वाला साहले बताउनुभयो । कार्यक्रममा ८ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रतिवेदन पेश गरेको थिए । कार्यक्रममा संबिधान सभा सदस्य राजकुमार गुप्ता,जयप्रकाश थारु, केन्द्रिय सदस्य निर्मला देवकोटा,नेताहरु बसरुदिन अंसारी ,सुन्दर कुर्मी,सुन्दर बिश्वकर्मा, बलबरि चौधरी लगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रदेश २का सहसंयोजक एवं पुर्वमन्त्रि लिलानाथ श्रेष्ठले गर्नुभएको थियो ।