वीरगंज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा कोरोनाको संक्रमणको दोस्रो लहरका कारण बैशाख देखि नै बन्द रहेको सम्पूर्ण सामुदायिक विद्यालय खोल्ने निर्णय भएको छ ।
गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको अध्यक्षता तथा शिक्षा शाखाका प्रमुख कपिल लामिछानेको आयोजनामा बसेको बैठकमा गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधनाध्यापकहरु तथा शिक्षक महासंघको संयुक बैठकले स्वास्थ्य मापदण्ड अपनाउदै बिद्यालय सञ्चालान गर्ने निर्णय गरेको हो ।
बैठकले विद्यालय भदौ २८ गते सोमबार देखि खोल्ने , विद्यालय आउने सम्पूर्ण विद्यार्थीले मास्कको अनिवार्य प्रयोग गर्ने , विद्यालयमा साबुन पानीको व्यवस्था गर्नुपर्ने , कक्षा कोठामा सेनिटाईजरको व्यवस्था गर्ने निर्णय भएको हो ।
कक्षा सञ्चालान दिनदेखि नै बालविकास देखि कक्षा १० सम्मको पठन पाठन गराउने बैठकले निर्णय गरेको छ । बैठकमा शिक्षक महासंघ अध्यक्ष धर्मेन्द्र कुमार चौबे, सह अध्यक्ष मुकलेश गदि , सदस्य नन्दु कुमार यादव लगायत १४ वटै सामुदायिक बिधालयको प्रधानाध्यापकको उपस्थिती रहेको थियो ।