विरगंज । श्री ने.रा.गिता गजेन्द्र राज जोशी मा.वि.सुखचैनाको प्रङ्गनमा नव निर्मित भवनको समुदघाटन समारोह विरगन्ज महानगर पालिकाका नगर प्रमुख विजय कुमार सरावगीको प्रमुख अतिथ्यमा समपन भएको हो । कर्यक्रममा उदयोग वानिज्य माहासंघका सदस्य तथा यस विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहनु भएका सुरेश कुमार रुङ्गटाले विद्यालयमा कक्षा कोठाको तुलनामा विद्यार्थी संख्या उच्च रहेको अर्थात कोठाको समस्या को बारेमा कार्यक्रममै विद्यालयका प्र.अ.राजकुमार सिहंले जानकारी गराए लगतै आफ्नो मनतब्य राख्ने क्रममा विद्यालयलाई सहयोग स्वरुप चारकोठे भवन बनाई दिने घोषणा गर्नु भयो। यस भन्दा पहिला पनि रुङ्गटाले विद्यालयलाई सहयोग स्वरुप भवन प्रदान गरेको हो र आउने दिनमा पनि विद्यालयलाई यसरी नै सहयोग गरिराख्ने बताउनु भयो।


त्यस्तै वि.म.न.पा वाड न -२१ का वाडा अध्यक्ष हविब मियाले पनि आफ्नो मनतब्य राख्ने क्रममा विद्यालयको डेक्स बेन्च बनाउनका लागी रु ५१,०००।- ब्यक्तिगत सहयोग गर्ने घोषणा गर्नु भयो। कार्यक्रममा अतिथिहरु वाड न.-१८ वाडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मी, दिनेश चौरसिया,छोटेलाल प्रसाद कुर्मी,बाबुलाल महतो,युवा नेता सरोज यादव,द्वारिका राउत कुर्मी,भोज भगत,दिलिप उपाध्याय विद्यालयका शिक्षक शिक्षिका,अभिभावक,समाज सेवी,विद्यार्थी,वि.ब्य.स.का सदस्यहरु लगायतका उपस्थिति रहेको थियो। वि.व्य.समितिका अध्यक्ष जितेन्द्र प्रसाद कुर्मिको अध्यक्षतामा कार्यक्रम समपन भयो।