वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत १८ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्र्तगत प्रदेश सभा सदस्य जन्नत अन्सारीको प्रमुख आथित्यतामा साइकल वितरण गरिएको हो ।
नरेन्द्र मण्डलको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा जसपा पर्साका उपाध्यक्ष बासुदेव यादव, सचिब तबरेज अहमद, संघीय शिक्षक फोरमका अध्यक्ष हरेन्द्र चौरसिया, जिल्ला सदस्य प्रेम अर्याल, वीरगञ्ज महानगरपालिका न्यायिक समिती सदस्य तुफैल अख्तर, समाजवादी युवा संघ प्रदेश नम्बर २ का सचीव मनोज यादव, एमामुल हक वडा नम्ब ३१ का वडा एकाइ अध्यक्ष सुलेमान अन्सारी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष सर्राफले गरेका थिए ।