वीरगञ्ज । बाराको सदरमुकाम कलैयामा राष्ट्रिय यूवा संघ बाराले विरोध प्रदर्शन गरेका छन् ।काठमाडौंमा राष्ट्रिय यूवा संघ नेपालका नेता तथा कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै केन्द्रीय कार्यक्रम अनुसार बारामा यूवा संघले प्रदर्शन गरेका हुन ।बाराको १६ पालिकाबाट यूवा संघको कार्यकर्ताहरुले कलैयामा पुगि प्रदर्शन गरेका हुन ।
नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भई भरत चौकमा विरोध कार्यक्रम कोणसभामा परिणत भएका थिए ।राष्ट्रिय यूवा संघ नेपाल बाराका अध्यक्ष पुरुषोत्तम साहको नेतृत्व विरोध प्रदर्शन भएका हुन ।बाराको पचरौता नगरपालिकाबाट राष्ट्रिय यूवा संघ पचरौताका अध्यक्ष सुनिल कुमार यादवको नेतृत्वमा यूवाहरु कलैयामा आएका थिए ।
प्रहरी प्रशासन मुर्दावाद ,गृहमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।कोणसभामा सम्बोधन गर्दे यूवाहरुले प्रहरीको आचरण नसुध्रे थप आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।विरोध कार्यक्रम सफल भएको यूवा नेता रौशन कुमार यादवले बताउनुभयो ।