वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७को रानीगंजमा नेकपा एमालेको वडा स्तरिया भेला सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथी संबिधान सभाको सदस्य तथा एमालेका नेता राजकुमार गुप्ताले एमाले नेतृत्वमा बनेको ओली सरकारले बिगतका दिनमा गरेको जनहितको कामलाई जनस्तरमा पुरयाउन आग्रह गर्नुभयो । उहाँले आउँदो निर्बाचनमा एमालेलाई निर्बाचित गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा संबिधानसभाका सदस्य प्रद्युम्न चौहान, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, पोखरिया नगरकमिटी अध्यक्ष भगवान प्रसाद कुर्मी, नेता बिन्ध्याञ्चल ठाकुर लगायतको आ—आफ्नो धारणा राख्नुभएको थियो ।