

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले गाउँपालिका कमिटीको आयोजनामा गाउँपालिकाको वडा नं २ रामभवरीमा वडा स्तरिय भेला सम्पन्न भएको छ । रामभवरीमा भएको बैठकमा तुलसी बन्ठाको अध्यक्षतामा २१ सदस्यिय टोल इकाई समिति गठन भएको छ । गाउँपालिका कमिटी अध्यक्ष रामनाथ दासको अध्यक्षता तथा पूर्व संविधान सभा सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजकुमार गुप्ताले आउने निर्वाचनको परिणाम आफनो पक्षमा पार्न टोल टोलमा संगठन निर्माण गर्न पनि अनुरोध गर्नुभयो । उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा एकतावद्ध हुन सवैलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसले नेपाली जनतालाई भ्रमको खेती गरेर शासन गरिरहेको आरोप समेत लगाउनुभयो । उहाँले ओली सरकारको नेतृत्वमा जनता आवास कार्यक्रम , सडक बिस्तार, प्रत्येक स्थानिय तहमा अस्पताल, मेलम्ची खानेपानी, हुलाकी सडक मार्ग, नयाँ नक्सा जस्ता महत्वपुर्ण काम सम्पन्न भएको बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , वासुदेव महतो थारु , गाउँपालिका अध्यक्ष उमेदवार यसबन्त यादव , इनर्देव चौधरी , हरेन्द्र दास , भुपदेव राय थारु , शंकर महतो थारु , धर्मेन्द्र पट्वारी लगायतको उपस्थिती रहेको थियो ।