वीरगंज । ‘ सामान्य अवस्था वा कोभिड महामारी बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी ’ भन्ने नारासहित ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा बाराको मटीआर्वास्थित द सनलाईट कोचिङ्ग सेन्टरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पहिलो पटक मटीआर्वामा रेडियो तराई र रेडियो सानभिबाट लाईभ प्रसारणगरी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बिधालयका बालबालिकाहरुको उज्ज्वल भबिस्यको कामना गर्दै - नेपालको संविधानको धारा ३९ मा मौलिक हकको रूपमा बालबालिकाको हक , बालबालिकासम्बन्धी ऐन, राष्ट्रिय नीति र बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन लगायत यस्ता अतिरिक्त कार्यक्रम बालबालिकाको सर्वाङ्गीण विकासका लागि सकारात्मक रहेको तर्क शिक्षक सन्तोष सरले व्यक्त गर्नु भयो ।
द सन्लाईट कोचिङ्ग सेन्टर मटीआर्वाका प्रधानध्यापक रामलाल सरको आयोजनामा आयोजित कार्यक्रममा कलैया उपहानगरपालिका वडा नं १० का वडा अध्यक्ष शंकर गुप्ता लगायत अभिभावक , शिक्षशिक्षिका र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।