

वीरगंज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर १० सिबर्बामा नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ । नगर कमिटी अध्ध्यक्ष भगवान कुर्मीको अध्यक्षतामा सम्पन्न भेलाले दुखरन कमकरको अध्यक्षतामा २९ सदसिय वडा कमिटी गठन गरेको छ । भेलामा लोकतान्त्रिक समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष राजनारायण कुर्मी नेकपा एमाले प्रवेश गरेका थिए । नवप्रवेशी कुर्मीलाई अतिथीहरुले अबिर टिका लगाई पार्टीमा स्वागत गरेका थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी संबिधान सभा सदस्य राजकुमार गुप्ताले निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले देश बिकाशको लागि एमालेको बिकल्प नभएकोले आउने चुनावमा एमालेलाई जिताउन अभियान चलाउन आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशि राजनारायण कुर्मीले मधेसी पार्टीहरुले मधेशको भलो नहुने बताउँदै नेकपा एमालेमा प्रवेश गरेका छुु । शहीद हरूको नाम बेचेर निर्वाचित भएका नेताहरूले अहिले सम्म कुनै काम नगरेको बताउँदै अब नेकपा एमालेले देशमा परिवर्तन ल्याई बिकाशको लहर सिर्जना गर्ने भएकोले आउँदो निर्वाचनमा नेकपा एमालेलाई मत दिई विजाई गराउन आग्रह समेत नेता कुर्मीले गरेका हुन् ।कार्यक्रममा संबिधान सभा सदस्य प्रधुम्न चौहान, प्रदेश कमिटी सदस्य तेजप्रकाश निसाद, नेताहरु बिन्ध्याँचल ठाकुर लगायतकाले धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगरकमिटी सचिव संतोष गिरीले गर्नुभएको थियो ।