वीरगंज । नेकपा एमाले धोवनी गाँउपालिकाको पालिका स्तरीय भेला आज सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पर्साका अध्यक्ष प्रभु हजराले ओली नेतृत्वको सरकारले गरेको काम बारे चर्चा गरेका थिए । दुई महिना बित्दा पनि मन्त्रिमण्डल बिस्तार गर्न नसकेको गठबन्धन सरकारबाट देशले निकाश पाउन नसक्ने ठोकुवा गर्नुभयो । नेता हजराले देशको राजनितिक अवस्था जुनसुकै बेलापनि परिर्वतन हुन सक्ने भन्दै निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले स्थानिय भन्दा अगाडि संघको निर्वाचन पनि हुन सक्ने जिकिर गर्नुभयो । जिल्ला कमिटी सदस्य एवं पालिका सचिव हरि पटेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव मनोज गुप्ता, प्रदेश सदस्य जोगिन्द्र साह, जिल्ला कमिटी सदस्य बिरेन्द्र साह, सुरेश पटेल, सुनिल साह,नेताहरु समसुल मियाँ,सदाम हुसेन लगायतको धारणा राख्नुभएको थियो। वडा नम्बर ५ धोबनीमा आयोजित कार्यक्रमको सहजीकरण एनुल हकले गरेका थिए ।