वीरगंज । वीरगंज १३ राधेमाईमा नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ। हिरा गिरीको अध्यक्षता एवं केन्द्रिय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला अध्यक्ष प्रभु हजरा,नगर अध्यक्ष विश्वम्भर शर्मा, संबिधान सभा सदस्य जुनैद अंसारी,नेता बसरुदिन अंसारी,सुन्दर कुर्मी ,.शिवजी गुप्ता ,इमरान हुसेन आनन्द उपाध्य लगायतकाले धारणा राख्नुभएको थियो । यसैगरी बैठकले हिरा गिरीको अध्यक्षतामा २५ सदसीय कमिटी समेत गठन गरेको छ । नवगठित कमिटीको उपाध्यक्षमा मुस्तुफा अंसारी,सचीव रामबाबु सिंह र कोषाध्यक्षमा बिनोद यादव चयन भएको एमालेका युवा नेता अकलेश साहले जानकारी दिनुभयो ।