

वीरगञ्ज । प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य प्रह्लाद गिरीले उपेन्द्र यादवले समाजवादको मुद्धा उठाउनु हास्यास्पद रहेको बताएका छन् ।मधेस र मधेसीको अधिकारमा कुठाराघात गर्दै २ करोडको पजेरो चढ्ने व्यक्तिले समाजवादको कुरा गर्नु मधेसी नागरिकको अधिकारमाथि कुठाराघात गर्ने षड्यन्त्र भएको बताए ।लोकतान्त्रिक समाजवादी पार्टीको वीरगञ्ज महानगरस्तरीय युवा भेलालाई सम्बोधन गर्दै गिरीले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउदै मधेसको शिक्षा, स्वास्थ्यको अवस्था अहिले झनै विग्रिएको बताए ।कार्यक्रममा पार्टीका नेता राजेशमान सिंहले युवाहरुले नै देश बदल्ने क्षमता राख्ने भन्दै आउँदो निर्वाचनमा त्यो क्षमता देखाउनुपर्नेमा जोड दिए ।निर्वाच केन्द्रित कार्यक्रममा लाग्न निर्देशन दिँदै उनले महानगरका हरेक वडामा समिति विस्तार गर्न आग्रह गरे । कार्यक्रममा नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, वडाअध्यक्ष बैजुलाल स्वर्णकार, संतोष तिवारी, रेयाज मियाँ, मिनु ठाकुर, सुजित गिरी, माया गुप्ता लगायतले सम्बोधन गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टीको युवा नगर अध्यक्ष राजु गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन उमेशलाल सहनीले गरेका थिए ।