

वीरगञ्ज । पर्साको पोखरीया नगरपालिका वडा नम्बर ८ जगतपुरमा एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ । पोखरीया नगर कमिटीका अध्यक्ष भगवान प्रसाद कुर्मीको अध्यक्षता एवं संबिधान सभाका सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गुप्ताले प्रदेश २ सरकार कार्यकर्ता पाल्नमा व्यस्त रहेको बताए । साढे चार बर्ष बिति सक्दा पनि प्रदेश सरकारले पर्सामा कुनै गतिलो काम नगरेको दावी गर्नुभयो । उहाँले पोखरी सौन्र्दयकरण, स्वाच्छता अभियान लगायत कार्यक्रम कार्यकर्ता पोस्ने कार्यक्रम मात्र भएको आरोप लगाएका थिए । उहाँले आउने चुनावमा एमालेलाई बिजयी गराउन संगठन बिस्तार, पार्टी प्रवेश जस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । बैठकले मिश्री मुखिया बिनको अध्यक्षतामा २९ सदसिय कमिटी कमिटी गठन गरेको छ । कमिटीको सचिवमा सोहन सहनी रहेको स्थानिय नेता सुनित साहले जानकारी दिनुभयो । यसैगरी बैठकले उमेश सहनीको अध्यक्षतामा २१ सदसिय युवा कमिटी समेत गठन गरेको साहले बताए । बैठकमा संबिधान सभाका सदस्य प्रधुमन चौहान,किसान महासंघ केन्द्रिय सदस्य रामेश्वर प्रसाद चौहान, जिल्ला कमिटी सदस्य राधा साह, बिन्ध्याँचल ठाकुर,संजिव मिश्रा,नेताहरु धिरज चौरसिया, हनिफ अंसारी लगायतको उपस्थिती रहेको युवा नेता अकलेश साहले जानकारी दिनुभयो ।