वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकपा एमालेको वडा स्तरीय भेला सम्पन्न भएको छ । पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुअ अतिथी हजराले सयदिन बितिसक्दा पनि गठबन्धन सरकारले केहि काम गर्न नसकेको बताउनुभयो । उहाँले कृषकलाई तत्काल क्षतिपुर्ति दिनपनि सरकार संग अनुरोध गर्नुभयो । भेलाले हरेराम पटेलको अध्यक्षतामा २१ सदसीय कमिटी गठन गरेको छ । भेलामा बिशिष्ट अतिथी प्रदेश कमिटी सदस्य एवं संबिधान सभा सदस्य प्रधुम्न चौहान,प्रदेश सदस्य नवराज शर्मा, नगर अध्यक्ष राजेन्द्र यादव, जिल्ला कमिटी सदस्य उषमान अंसारी,अशोक चौधरी लगायतकाले धारणा राख्नुभएको थियो ।