वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा नेकपा एमालेको नगर स्तरीय बैठक सम्पन्न भएको छ । नगर अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता एवं संबिधान सभाका सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी गुप्ताले भागबण्डाको आधारमा बनेको सरकारबाट नेपाली जनताले सुख नपाउने दावी गर्नुभयो । उहाँले ओली सरकारलाई ढाल्न अदालतको गलत प्रयोग गरिएको बताउदै आउने निर्वाचनमा नेपाली जनताले यसको हिसाव लिने समेत बताउनुभयो । वडा नम्बर ५ भौराटारमा आयोजित भेलामा प्रदेश कमिटी सदस्य केदार तिवारी, ध्रुव साह ,जिल्ला कमिटी सदस्य पुरन पटेल, रामबाबु साह, हनिफ अंसारी,नगर सचिव सुरेन्द्र यादव लगायतकाले धारणा राख्नुभएको थियो। भेलाले नगरपालिकाको ९ वटै वडामा ३१ सदसिय वडा कमिटी गठन गर्ने निर्णय गरेको जिल्ला कमिटी सदस्य पुरन पटेलले जानकारी दिनुभयो ।