वीरगंज, कार्तिक ८
पर्साको जिरा भावनी गाँउपालिकामा आज नेकपा एमालेको पालिका अधिवेशन सम्पन्न भएको छ । पालिका कमिटी अध्यक्ष शशि कपुर थारुको अध्यक्षता एवं केन्द्रिय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी देवकोटाले गठबन्धन सरकारबाट देशले निकाश नपाउने दावी गर्नुभयो । उहाँले देशमा परिर्वतन ल्याउन एमाले नेतृत्वको सरकारको बिकल्प नरहेको बताउनुभयो । त्यसैगरी पर्सा अध्यक्ष प्रभु हजराले आउने चुनावमा एमालेलाई बिजयी गराउन संगठन बिस्तार, पार्टी प्रवेश जस्ता कार्यक्रम गर्न निर्देशन दिनुभएको थियो । कार्यक्रममा नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजरा, प्रदेश सदस्य तथा संबिधान सभा सदस्य जयप्रकाश थारु, पालिका अध्यक्ष रामपृत महतो, उपाध्यक्ष उषा चौधरी, वडा अध्यक्ष उमेश सिंह, कार्य समिती सदस्य बिकाउ भण्डारी,राधेश्याम चौधरी लगायतकाले धारणा राख्नुभएको थियो ।