वीरगंज, कार्तिक ९


पर्सागढी नगरपालिकामा नेकपा एमालेको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संबिधान सभाका सदस्य बिचारी यादव, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा,जिल्ला कमिटी सदस्य तैयव मिया,पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष हरीनारायण चौधरी,जिल्ला कमिटी सदस्य दुर्गा लामिछाने, वडा अध्यक्ष रामनारायण गौरव, उद्यव उप्रेती लगायतकाले धारणा राखेको थिए । गोकर्ण पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण लक्ष्मी खरेलले गरेका थिए । भेलाले दुर्गा लामिछानेको अध्यक्षतामा ७५ सदसीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बैद्यनाथ पटवारी ,सचिवमा रामबहादुर चौधरी, सहसचिव रामचन्द्र राम र पुजा चौधरी रहेका छन। ७५ सदसिय कमिटीमा आज ५९ जना चयन भएका र बाँकी रित्त पदमा अगामी बैठकले पदपुर्ति गर्ने निर्णय भएको अध्यक्ष हजराले जानकारी दिनुभयो । यता आजै नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरि दुई सय भन्दा बढि नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई प्रमुख अतिथी प्रभु हजरा, बिशिष्ट अतिथी बिचारी यादव लगायतकाले अबिर टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।