वीरगंज, कार्तिक ९


नेकपा एमालेको केन्द्रिय सर्कुलर अनुसार आज पर्सामा पनि बिभिन्न पालिकाहरुमा अधिवेशन सम्पन्न भएको छ । आज वीरगंज महानगर, पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका ,छिपहरमाई ,ठोरी, ,धोबनी,पटेर्वासुगौली गाँउपालिकामा एमालेको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको पर्सा अध्यक्ष प्रभु हजराले जानकारी दिनुभयो ।उहाँले केहि पालिकाम यस अघि नै अधिवेशन सम्पन्न भईसकेको र बाँकी पालिकाहरुमा भोली पर्सिमा सम्पन्न हुने जानकारी दिनुभयो । यसैबिच रोयल पार्टी प्यालेशमा वीरगंज महानगरको प्रथम महाधिवेशन सम्पन्न भएको छ । एमालेका प्रदेश २ का अध्यक्ष ज्वाला साहको प्रमुख आतिथ्यमा प्रथम महाधिवेश सम्पन्न भएको हो । भेलामा केन्द्रिय सदस्य निर्मला देवकोटा,संबिधान सभा सदस्य एवं प्रदेश २ का सदस्य बिचारी यादव,पर्सा अध्यक्ष प्रभु हजरा, नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारा, प्रदेश २ का सदस्य बसरुदिन अंसारी,शम्भु गुप्ता ,नवराज शर्मा लगायतकाले धारणा राख्नुभएको थियो । नगर अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नगर सचिव सुन्दर कुर्मीले गरेका थिए । पालिका अधिवेशनले बिधान अनुसार नयाँ कार्य समित चयन गर्ने अध्यक्ष हजराले जानकारी दिनुभयो ।