

बीरगंज । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले नेपाली काँग्रेसलाई वीरगंजमा थप बलियो र व्यवस्थित बनाउन महानगरको सभापतिमा उम्मेदवारी दिन लागेको बताए । एक एफएमको कार्यक्रममा शुक्रबार कुरा गर्दै चौहानले चाकरी र चाप्लुसीको भरमा हुने राजनितिलाई अन्त्य गर्न सभापतिमा उम्मेदवारी दिन लागेको बताए । बिगत तिन दशक देखि पत्रकारितामा सक्रिय रहेका चौहानले बैज्ञानिक तरिकाले पार्टीलाई अगाडी बढाउने योजना रहेको समेत बताए । उनले नगर सभापतिमा बिजयी भएपछि मेयर,सांसद बिद्यायक जस्ता पदमा उम्मेदवारी नदिने समेत दावी गरे ।उनले फुलटाईम राजनिति मार्फत पर्सामा काग्रेसले गुमाएको बिरासत फर्काउन उम्मेदवारी दिन लागेको बताए । चौहानले पार्टी भित्र योग्य र क्षमतावान व्यक्तिलाई स्थान दिने र गणेशप्रवृतिको अन्त्य गर्ने दावी गरे । उनले पार्टी भित्र देखिएको गुट उपगुटलाई अन्त्य गर्ने प्रयास गर्ने बताए । पत्रकारिकताको माध्यमबाट आर्जन गरेका अनुभवलाई पार्टीको बिकाशमा खर्च गर्ने लक्ष्य रहेको बताए । असमाजिक तत्वललाई पार्टी प्रवेशमा रोक लगाउदै डन,माफिया, ठेकेदारलाई टिकट बितरणमा रोक लगाउनुपर्ने धारणा राखे । जनताको काम गर्ने असल कार्यकर्ता र नेतालाई टिकट दिए मात्र काँग्रेस पुनः बलियो हुने बताए । प्रेस युनियन र काँग्रेसका अग्रज नेताको समर्थनमा उम्मेदावरी दिन लागेको समेत चौहानले बताए । सभापतिमा बिजयी भइसकेपछि जनताको समस्याको सवालमा सर्वदलिय बैठक गरेर समाधान गर्ने बताए ।