बीरगंज । बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा न ५ बहुअरीमा नेपाली काङ्ग्रेसको वाडा अधिबेशन मतदान अधिकृत अनूपस्थिती भएपछि वडा अधिवेशन पुनः स्थगित भएको छ।
मतदान अधिकृतको मिलोमतोमा कृयाशिल सदस्यको अनुपस्थितिमा नाम लेखी आफ्नै पक्ष प्रभु पटेलको अगुवाइमा कार्य समिती चयन गरेर अरुको सहि छाप फर्जि तरिकाले गोप्य स्थानमा तयार गरि नेपाली काङ्ग्रेसको जिल्ला कर्यालयमा पत्र दर्ता गराए पछि अर्को कुन्ज बिहारी पक्षको नेतृत्वले बिरोध गरेपछि जिल्ला समितिले त्यो पत्र बदर गरेर अर्को अधिबेशनको मिति तय गरेको थियो ।
अन्तिम मंसिर २ गते तय भएको वडा अधिबेशन मतदान अधिकृतमा खटिएका उमाशन्कर यादव बिहान १० बजे देखि दिउसो ४ बजे सम्म वडामा उपस्थित नभइ अफ्नो जिल्लाको प्रमुख निर्वाचन अधिकृत र वडाको पुर्व सभापति सङ सम्पर्क बिहिन भएकोले सो दिन पनि वडा अधिबेशन स्थगित भएको हो।
वडा न ५ मा विभिन्न कृयाशिल सदस्यहरुको बिबादले मिति तय भएर असोज ५ गते देखि स्थगित हुदै कार्तिक २९ गते तय भएको वाडाको माहाधिबेशन ९ जना कृयाशिल सदस्यको बिबादले दुई पक्ष मध्ये एउटा पक्ष पुर्व वडा सभापति कुन्ज बिहारी कुर्मीको भानाइ अनुसार अर्को पक्षले ९ जना फर्जि तरिकाले पछि आएको नामावलि स्वीकार नभए पछि सो दिन स्थगित भएको अधिबेशन मंसिर २ गते अधिबेशनको मिति तय भएको थियो ।