बीरगंज । बारा जिल्लाको कलैयामा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले पैसा लिइ जालसाजी अधिबेशन गराएको भन्दै निर्वाचन अधिकृत राजन दाहाल र राज कुमार उप्रेती माथी नाराबाजी गरेका हुन।
नेपाली काङ्ग्रेसको अधिबेशन गराउन बारा जिल्ला भरिको जिम्मेवारी पाएका दाहाल र उप्रेतीले पैसा लिइ परवानिपुर गा.पा.५ , बहुअरीमा वडा अधिबेशन नै नगराई लालबाबु यादव पक्षले किर्ते हस्ताक्षर गरी पठाएको मैनेटिङ्गलाइ सदर गरे पछि अर्को कुन्जबिहारी पक्षका कर्याकर्ताहरुले नाराबाजि गरेका हुन।
निर्वाचन अधिकृत दाहाल मंसिर २ गते देखी नै जालसाजि मैनेटिङ्गलाई सदर गर्ने जमर्को गर्दा कुर्मी पक्षका कर्याकर्ताले आक्रोश देखाउदा निर्वाचन हुने झुठो आशवासन दिदै आएका थिए ।
निर्वाचन नै नगराई पैसाको बलमा किर्ते मैनेटिङ्ग लाई सदर गरि निर्वाचन भएको प्रमाण पत्र समेत बनाउदा कुर्मी पक्षका कर्याकर्ता हरुले ने.का.का बारा जिल्ला सभापति जयचन्द्र चौरसिया,बारा क्षेत्र न. ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता र लालबाबु यादवलाई हरुवा र जालसाजी नेता भन्दै जुलुस सहित नाराबाजी गरेका थिए।