

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको दसौँ महाधिवेशनबाट पर्सा जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई अनेरास्ववियु पर्साले सम्मान तथा बधाई दिएको छ । एमाले निकट भातृ संगठन अनेरास्ववियु पर्साका संयोजक रेयाज अन्सारीको अध्यक्षतामा केन्द्रीय सदस्यमा निर्वाचित निर्मला देवकोटा, राजकुमार गुप्ता, अर्विन्द सिँह र प्रभु हजरालाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्यमा निर्वाचित राजकुमार गुप्ताले नेकपा एमाले पर्साले ठुलो फड्को मारेका दावी गरे । १० औं महाधिवेशनले समग्र पर्सा जिल्लालाई मजबुत बनाएकोमा पार्टिका केन्द्रीय अध्यक्ष केपि शर्मा ओलीप्रति गुप्ताले आभारसमेत व्यक्त गरेका छन् । त्यसैगरी केन्द्रीय सदस्यमा निर्वाचित अर्विन्द सिँहले नेकपा एमालेको दसौँ महाधिवेशनले पार्टीमा भएका मनमुटावलाई अन्त्य गरेको जिकिर गरे । आगामी दिनमा पार्टीभित्रका कमिकमजोरीहरुलाई आत्मसाथ गर्दै हातेमालो गर्दै अगाडी बढ्ने र जनतालाई पार्टीप्रतिको विश्वास अँझै बढाउनुपर्नेमा सिँहले जोड दिए । पर्सा जिल्लामा पार्टी कमजोर भयो भन्ने भ्रमलाई महाधिवेशनले चिर्न सफल भएको सिँह बताउँछन् । त्यस्तै पार्टीको केन्द्रीय कमिटीमा पर्सा जिल्लाबाट ४ जना निर्वाचित हुनु जिल्लाबासीका लागि ठूलो उपलब्धी भएको नेकपा एमाले पर्साका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य प्रभु हजराले बताए । आगामी निर्वाचनमा पनि नेकपा एमालेले राम्रो नतिजा ल्याउने हजराको भनाई छ । महाधिवेशनमा देशैभरका नेता कार्यकर्ताको उत्साहजनक उपस्थितीले विपक्षीहरुको होश उडेको हजराले बताए । केन्द्रीय सदस्इ निर्मला देवकोटाले नेकपा एमाले नै अबको अन्तिम विकल्प भएको बताइन् । विगतका दिनमा भएका कमीकमजोरीलाई सुधार्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउँदै देवकोटाले पार्टीलाई सशक्त बनाएर पुनः सत्तामा पु¥याउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त तामाङ्, अनेरास्ववियु ठाकुराम बहुमुखी क्याम्पस कमिटीका संयोजक आसिफ अहमद, अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्य विकेस यादव, नितेश वर्णवाल, भक्ति अग्रवाल, अनिकेत श्रीवास्व, शुभनारायण ठाकुर, अर्मान हास्मी लगायतको उपस्थिती रहेको थियो ।