वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको दसौँ महाधिवेशनमा पर्सा जिल्लाबाट मधेशी तर्फको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य राजकुमार गुप्तालाई ओविसी पर्साले संयुक्त रूपमा सम्मान तथा बधाई दिएको छ । एमाले निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सदस्य अकलेश साहको अध्यक्षतामा भएको कार्यक्रमले केन्द्रीय सदस्यमा निर्वाचित गुप्तालाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । उक्त कार्यक्रम सम्बोधन गर्दै केन्द्रिय सदस्य गुप्ताले १० औं महाधिवेशनले समग्र पर्सा जिल्लालाई मजबुत बनाएकोमा पार्टिका केन्द्रीय अध्यक्ष केपि शर्मा ओलीप्रति आभारसमेत व्यक्त गरेका छन् । कार्यक्रममा ओविसिका प्रमोद मण्डल , राजन शाह , अरुण कुशवाहा , सन्दिप महतो , कुनाल पटेल , कृष्णा रौनियार , रोशन साराफ लगायतको उपस्थित रहेको थियो ।